यतै कतै हुन्छ अरे अदृश्य त्यो शक्तिपनि,
देखाउन सक्दैन क्वै भन्छ मात्र छ रे भनि
पूजा गर्छ त्यै ढुङ्गोमा, मान्छे गइ ढोगी ढोगी
थाहा कसले पाओस त्यहाँ ढुंगो आँफै छ त्यो रोगी।
पसिना को मूल्य मान्छे त्यै ढुङ्गो लाई चढाउँछ
निर्जीव खुसी हुन्छ रे त्यो, भन्दै जिउँदो लडाउँछ
नभएको भगवान उसले भेट्छ अरे त्यै ढुङ्गो मा
जल्यो डढ्यो बुद्धी कहाँ गो? ज्ञान खोज्छ जो लाटोबुंगोमा
छन् कि भनि मैले पनि, खोजी हेरेँ मन्दिरमा,
ध्वजा पात ले ढुङ्गोमात्रै बाँधिएको जन्जिरमा
कसले सिकायो पुज्न देवता, कसले सिकायो थुक्न दानव?
साँच्चै शक्ति हुन्थ्यो भने, खुसी हुन्थ्यो, किन रुन्थ्यो मानव?
बाहिर भोको रुन्छ, भित्र ढुङ्गो पोस्दै हिँड्छ मान्छे
लाज लाग्दैन उसलाई अझ, भन्छ देवी लड्डडु खान्छे
आदर गर्न जान्दैन त्यो, पूजा गर्न सिक्यो कहाँ
मिठो बोल्न जान्दैन जो, गाउँछ भजन मिठा शब्दमा।
हिँड्दा हिँड्दै फोहोर भन्दै, लत्याउँदै हिँड्छ मान्छे
त्यै फोहोर लाई सजाइदेउ मुर्ति भन्दै किन्छ मान्छे
क्षणअघि को धुलो माटो क्षणमै भैदियो रे भगवान
त्यति बहुमुल्य साथी, हुन्न यहाँ जिउँदै परान
चोर् चोर्न पाए हुन्थ्यो भन्छ, आज एती ल्याएँ भन्छ
कोइ खान पाए हुन्थ्यो भन्छ, भोक लाग्यो ए भनि रुन्छ।
खै भगवान कहाँ छ त्यो? सोध्न पाये हुन्थ्यो तेस्लाई,
न्याय हेर्थ्यो भने त्यस्ले, चोर् को पुकार किन सुन्छ?
बिहान घण्ट बजाउँछ, राती कालो धन को सिरान,
खुशी भए राम्रो त्यै छ, रोए त्यै ढुंगो को बिराम
भुल गरे नि एसो ढोग्द्ये गैदिने रे पाप तमाम
नचिम्ल ए आँखा खोल, हेर खै कहाँ छ भगवान?
*no P.S