Tuesday, March 27, 2012

FOR THOSE,WHO GAVE US OUR LIFE!!!!

                                                   सबै जन्मदाता मा समर्पित :) :)
                                                      we all love our parents
                                      




तिमी हाँस्दा हाँस्थ्यो धर्ती अनि हाँसो वरीपरी
रुँदा तिमी रुन्थ्यो बादल संगै झरी पर्ने गरि
नहुँदा तिमी एक्लाएकलै लालाबाला बिचल्लीमा
हुँदा तिमी साथ मा सधैं बेग्लै हुन्थ्यो चुरीफुरी

रिसाउँदा गद्याङ्गुदूङ् कालो निलो हुन्थ्यो गगन
रिसाउँन नि नजान्ने खै रोइदिये हाँस्थ्यौ तिमी
एकछिनलाई म हराउँदा रुँदै रुँदै खोज्न हिँड्थ्यौ
साँच्चै हराएथेँ सम्झ कसरी पो बाँच्थ्यौ तिमी

हात समाउन पाउदा बाघै मार्ने हुन्थ्यो शाहस
समातेको छोडिदा हात शाहस सबै तहस्नहस
नजिक हुँदा हुन्थ्यो सारा न्यानोपना आँफैसँग
टाढा भये तेसै तेसै निस्सासिएर अटस्पटस

भाषा रचिदिन्थ्यौ,तोते बोली पनि बुझ्थ्यौ तिमी
एकछिन रोइदिये सम्झ कति आँसु पुछ्थ्यौ तिमी
बगाउने झरी आवोस छुन दिदैनथ्यौ बरु ,
काख मा मलाई लुकाएर छाता बन्थ्यौ रुझ्थ्यौ तिमी

थाकेर कैले थाक्दैनथ्यौ या थाकें म भन्दैनथ्यौ
लुकेर तिमी रुन्थ्यौ थाहा छ तर आसुँ गन्दैनथ्यौ
कान समाइ आफ्नै बरु तेसै जिताइदिन्थ्यौ तिमी
कथा मा नै सिंगो रात त तेसै बिताइदिन्थ्यौ तिमी

बोल्थ्यौ तिमी लाग्थ्यो आँफै बोल्दिदैछौ मेरा कुरा
बोली नफुट्दा मै मेरो तिमी गर्थ्यौ वाक्य पुरा
बिरामी भये एक्छिन रोये डराएर नीँद कहाँ
सम्हाल्थ्यौ पो कसरी खै छोइनसक्नु ती छुरा भुरा

दाँत कलिला लोभ धेरै लाग्थ्यो खानै सक्दिन झैं
तिमी चपाइदिन्थ्यौ पापा निलिदिन्थें म ज्ञानी भई
त्यती मिठो निल्दै पनि चपाउन त सिकेँ तर
आँफै चपाउनु पर्दा मुख को गाँस खेल्थ्यो मुखमै

हातै को न्यानो सिरानी मा रातभरी कथा सुन्दा
संगै कलम समाउँदा रमाउँदा तारा गन्दा
भन्थ्यौ त्यही ज्ञानी हुन्छ त्यहाँ टेक्न सक्छ जस्ले
भन्दिन्थेँ म अज्ञानी भै जुन लाई त्यहा टांस्यो कस्ले

छोइदिये मात्र तिम्ले तेसै मिठो हुन्थ्यो त्यो माम
नख्वाइद्ये के पुग्दैनथ्यो कुन्नी लाग्थ्यो खाम कि नखाम
खेल्दा सँगै हात समाउँदै चाहिन्थे अरु साथी कहाँ
तिमी पनि बिर्‍सिदिन्थ्यौ कहाँ धन्दा कता छ काम

किन यति धेरै माया लाग्छ तिम्रो सधैंभरी
आँखा चिम्ले पनि तिमी नाचिरहन्छौ वरीपरी
सपनामै देखेपनि फेरि जन्मे जस्तो लाग्ने
लुकिरहुं जस्तो लाग्ने तिम्रै काखमा घरिघरि


                                                         प्रेरणा-2068-03-25,saturday
                                                          9th july-2011 :)


















   

No comments:

Post a Comment